Text Practice Mode
Nepali typing test 2
created Sep 21st, 03:06 by Chandra Magar
1
238 words
1 completed
5
Rating visible after 3 or more votes
saving score / loading statistics ...
00:00
यो वर्षाको बेला – बेला परिरहने झरी, कहिलेको चर्को घाम। सवारीसाधनहरु गुडिरहेको सडकको छेउमै २ वृद्ध गिठ्ठी कुटिरहेक हुन्छन्। सडकको धुलोले सेताम्मे बनेका उनिहरुको उमरले ६५ काटी सक्यो। तर उनीहरुको जिन्दगी त्यही सडकको छेउमा गिठ्ठी कुटेरै चलिरहेको छ। दशरथचन्द नगरपालिका वडा नम्बर ४ की धौलीले वर्षौ बाट गिठ्ठी कुटेरै चलाईरहेकी छन्। पहिले श्रीमान सँगै काम गर्ने उनी श्रीमानको मृत्यु पछि एक्लै काम गरिरहेकी छन्। छोराछोरी भएपनि आ-आफ्नो गरिखाने भएकाले उनी एक्लै छिन्। उनले भनिन्, ‘उनिहरुलाई आफैलाई पुग्दैन, मलाई के दिउन्। आफ्नो लागि आफै गर्नुपर्यो।‘ जीवनभरी अरुकै काम गरि खाएको दुखेसो गर्दै उनले बुढेसकालले छोएपछि अरु गर्न नसकेर यो काम गरिरहेको बताइन्। १ प्लास्टिकको कठ्ठा बेच्यो भने ६० रुपैँया आउने र यसैबाट छाक टारिरहेको उनको अरु गरि खाने सहरानै छैन। सडकको धुलोले आखाँ देख्न पनि कठिन भइसकेको भन्दै उनले औषधि मुलो गेने पैसा नभएको बताइन्। जिल्ला सदरमुकामको गोठलापनी बजार नजिकै रहेको उक्त सडक दशरथचन्द नगरपालिका लगायत अन्य सरकारी तथा गैरसरकारी कार्यालय जाने मुख्य बाटोमा पर्छ। साझँ – बिहान विभिन्न क्षेत्रका सरोकारवालाहरु त्यही बाटोमा ओहोर दोहोर गर्छन् तर वर्षौ बाट सडकमा पेट पाल्न संघर्ष गरिरहेका उनीहरुक व्यवस्थापन भएको छैन्। सोही सडकमै काम गर्ने अर्का वृद्ध हुन् ६५ वर्षिय हरुली भुल उनको अवस्था पनि धौलीको भन्दा फरक छैन। अरु केहो काम गर्न नसक्ने उमेर भएपछि पेट पाल्नका लागि यहि काम गरिरहेको उनले बताइन्। २ छोरा र १ छोरी भएपनि उनीहरुलाई आफ्नै गुजारा गर्न नपुगेपछि यही गर्नुपरेको बगारदै उनले पहिले साथ दिने बुढा (श्रीमान) बितेपछि एक्लो भएको दुखेसो भक्कानिदै सुनाइन्।
